घटनाक्रमसँगै दक्षिण एसियाको भू–राजनीतिक नक्सा परिवर्तन हुँदै गएको छ । गत बिहीबार नेपालमा सम्पन्न संसदीय निर्वाचनको प्रारम्भिक गणनाले वाम गठबन्धनले नै अग्रता लिइरहेको देखिन्छ । नेपालका दुई ठूला वामपन्थी पार्टी गठबन्धनमा आवद्ध छन् ।
र, त्यही गठबन्धनले काठमाडौंमा आगामी सरकार गठन गर्ने सम्भावना देखिएको छ । बुझाइमै सही वाम गठबन्धनलाई ‘चीन पक्षधर’का रुपमा हेरिएको छ ।
यहीबेला माल्दिभ्सका राष्ट्रपति अब्दुलाह यमिन अब्दुल गैय्युम चारदिने चीन भ्रमणमा छन् ।
यी दुई घटना क्रमबीच लेनदेनको कुनै साइनो छैन । तथापि, दक्षिण एसियामा भारतीय प्रभाव बुझ्न यी दुवै घटनाले सानो कडीको काम गर्छन् ।
यसलाई नरेन्द्र मोदी सरकारको असफल विदेश नीतिका रुपमा बुझ्न सकिन्छ । र, नेपाल र माल्दिभ्स भारतीय अक्षबाट बाहिर सर्ने क्रममा रहेको स्पष्ट परिदृष्य देखा पर्छ ।
विस्तृत रुपमा चर्चा गर्दा जे भइरहेको छ, त्यसलाई मोदी सरकारले यी साना र संवेदनशील छिमेकीहरुप्रति देखाएको ‘बलशाली कुटनीति’लाई कारक मान्न सकिन्छ । हिन्दुराष्ट्र बन्ने कि नबन्ने भन्ने विषय नेपालको निर्णयमै भर पर्नुपथ्र्याे । नयाँदिल्लीले नेपाललाई कुनै पनि बाटो रोज्न दबाब दिनु हुँदैन ।
खुलस्त रुपमा भन्दा भारतले दुई वर्षअघि इन्धन, खाना पकाउने ग्यास र औषधीसमेत अभाव हुनेगरी आर्थिक नाकाबन्दी लगाउनु नै सबैभन्दा ठूलो मुख्र्याईं थियो । यसले नेपालमै पनि मधेशका बासिन्दा (जो भारतीय मुलका हुन्)लाई भारतीय पक्षका रुपमै हेर्न थालियो ।
सन् २०१५ मा नेपालमा गएको भूकम्पपछिको राहतका क्रममा भारतले चीनसँग प्रतिस्पर्धा गरिरहेजस्तो देखिन्थ्यो । यद्यपि, भारतीय पक्षले त्यस समयमा देखाएको बडप्पनबाट पनि नेपालीहरु चिढिएका थिए । त्यसयता नेपालसँगको भारतीय कुटनीतिले कहिल्यै सकारात्मक गति लिन सकेन ।
भारतविरोधी भाव नेपालमा बढ्दै जाँदा भारतको छवी चिन्ताजनक रुपमा ध्वस्त भयो । नयाँदिल्लीले नेपालका राजावादी भनेर चिनिने वर्गबीच हालैका महिनाहरुमा गरेका वार्ताहरुले पनि त्यहाँका प्रजातान्तिक शक्तिहरुलाई थप चिढ्यायो । यसले समस्या अझ जटिल बन्यो ।