झापा को विद्यालयमा भारतीय पाठ्यपुस्तक पढायेको मा तालाबन्दी

फोटो फिचर समाचार
शेयर गर्नु होला

झापा – सूर्योदय बोर्डिङ स्कुलमा भारतीय प्रकाशनको पाठ्यपुस्तक पढायेको कुरा लै लियेर दमक नगरपालिका–६ मा रहेको यो स्कुल् लाइ युवा संघ नेपालले तालाबन्दी गरेको छ ।

अभिबाहक् हरु का अनुसर् उक्त विद्यालयले साना कछ्या का विद्यार्थीलाई उनिहरुको देश भारत हो। उनिहरुको देश्को राजधानी नयाँ दिल्ली हो। भारत् को झण्डा लाई हाम्रो देश्को राष्ट्रिय झण्डा हो भनि पढाउने गरेको थियो। विद्यालयले भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको तस्बिर राखेर हाम्रो देशको राष्ट्रपति भएको र नरेन्द्र मोदी लाई देशको प्रधानमन्त्री भएको भनि विद्यार्थीलाई पढाउने गरेको थियो।

नेपाली राष्ट्रियतामाथि सिधै आँच पुग्ने गरी भारतीय राष्ट्रियताको सिक्छा दियेकाले विद्यालयमा तालाबन्दी गरेको युवा संघका जिल्ला अध्यक्ष शम्भु भण्डारीले बताए।

विद्यालयकी प्रिन्सिपल म्याकडिलिङ सिंहलाई नेपालको झण्डा चिनाउँदै युवा संघले उक्त झण्डा हस्तान्तरण गरेको थियो। उक्त विद्यालयले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई विद्यालयले भारतको राष्ट्रियता हाम्रो देशको राष्ट्रियता हो भनि पढाउने गरेको पाइेको छ।

अध्यक्ष भण्डारी का अनुसार्,‘यस्तो विद्यालयलाई सरकारले कारबाही नगरेसम्म हाम्रो तालाबन्दी अनिश्चितकालसम्म जारी रहन्छ।’

येस्बारेमा दमक नगरपालिकाको नगर शिक्षा समितिले २४ घण्टाभित्र विद्यालय बाट स्पष्टिकरण मागेको थियो जस्को जवाफ् मा विद्यालय ले भुल्बस् येस्तो हुन गयेको भनेर क्षमा मागेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *