मकालु एयरको नाइन एन एजेयु जहाज दुर्घटना

फोटो फिचर समाचार
शेयर गर्नु होला

नेपालि आकाश् असुर्छित् हुदै गयेको क्रम् मा फेरि अर्को हवाएे दुर्घटना भयेको छ। येस् पटक् मकालु एयरको नाइन एन एजेयु जहाज हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ बाहुन खर्कमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। करिब साढे १२ हजार फिटको उचाईमा रहेको बाहुनखर्कको पाटनमा जहाज तीन टुक्रा भएको अवस्थामा फेला परेको हो।

मौसमको खराबीका कारण पाइलटले ‘फोर्स ल्यान्डिङ’ गर्न खोज्दा जहाज दुर्घटना भएको प्राम्भिक सूचना आएको बताए। सिमिकोट विमानस्थलबाट ७।७ नटिकल माइल (१४ हजार २६० मिटर) दक्षिणपूर्व खार्पुनाथ गाउँपालिकामा जहाज दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणको उद्दार समन्वय केन्द्रले जनाएको छ।

दुर्घटनाग्रस्त मकालु एयरको जहाजका पाइलट र को-पाइलट ललितपुरका रहेक छन्। जहाजका पाइलट ललितपुर मानभवन घर भएका ५४ वर्षीय किरण भट्टराई हुन भने को-पाइलट ललितपुर चाकुपाटका ३० वर्षीय आदित्य नेपाल (नेपाली) हुन्। दुर्घटनाग्रस्त जहाज तीन टुक्रा भएको अवस्थामा भेटिएको थियो।

बुधबार दिउँसो पाइलट र को-पाइलटको शव सिम्रिक एयरको हेलिकोप्टारबाट काठमाडौं ल्याइेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *