तत्कालीन एमालेबाट आकांक्षीको दौडधुप

राजनीति
शेयर गर्नु होला

पार्टी एकीकरण पस्चात् एमालेबाट थपिने ४१ जना केन्द्रीय सदस्यमा एक सयभन्दा बढी नेता आकांक्षी देखिएका छन् । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई अन्तिम टुंगो लगाउने जिम्मेवारी दीएको छ । अहिलेसम्म रोस्टरमा खगराज अधिकारी, आनन्दप्रसाद पोखरेल, गोकुल बाँस्कोटा, विष्णु रिजाल, शिव गुरुङ, महेश बस्नेत, नीरज आचार्य, विनोद ढकाल, कृष्ण थापा, भूमिश्वर ढकाल, उर्वादत्त पन्त, दामोदर भण्डारी, जगन्नाथ थपलिया, देवी ज्ञवाली, राजेन्द्र गौतम, नेत्र पन्थी, रामेश्वर फुयाँल, दिलु पन्त, नारदमुनि राना, राजीव पहारीलगायतको नाम छ ।
तत्कालीन एमालेले नवौँ महाधिवेशनमा उम्मेदवार बनेर थोरै मतान्तरमा पराजित भएका, दोहो¥याएर केन्द्रीय विभागको सचिव भैसकेका, पूर्वकेन्द्रीय सदस्यहरू, योग्यता–क्षमता राख्ने विभागका सचिव र जनसंगठनका अध्यक्ष र महासचिव भैसकेका युवाहरूमध्येबाट छान्ने तयारी भैरहेको सचिवालयका एक सदस्यले बताए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *