रितिकका पिता तथा निर्देशक राजेश रोशन ‘कृष ४’ र ‘कृष ५’ लाई ‘बाहुबली’ स्टाइलमा रिलिज गर्दैछन् । रिपोर्ट्सका अनुसार, राजेश रोशनले आफ्नो दुई फिल्मलाई एकसाथ प्रदर्शन गर्ने निर्णय लिएका छन् । चाँडै यस विषयमा आधिकारिक घोषणा हुँदैछ ।
फिल्म ‘बाहुबली’ को जस्तै गरि ‘कृष ४’ र ‘५’ एकसाथ बन्नेछ भने रिलिज पनि त्यही रुपमा हुनेछ । ‘बाहुबली’ का निर्देशक राजामौलीले ‘बाहुबली द बिगनिंग’ को समयमा नै ‘बाहुबली द कनक्लूजन’ को घोषणा गरेका थिए । अब राजेश रोशन पनि त्यही बाटोमा हिँड्दैछन्
‘बाहुबली’ को अपार सफलताले भारतीय बक्स अफिसमा यस्तो छाप छाडेको छ, जसलाई बलिउडले आजसम्म ताड्न सकेको छ । तर अब रितिक रोशन यो रेकर्ड तोड्नका लागि तयार छन्
‘कृष’ सिरीज रितिकका लागि सधै नै खास हुने गर्दछ
रितिकको फिल्म ‘कृष २’ र ‘कृष ३’ ले बक्साफिसमा राम्रो कमाई गरेको थियो ।
वर्ष २००६ मा ‘कृष’ निर्माण भयो । यो फिल्मले बक्सअफिसमा राम्रो कमाई गरेको थियो ।
‘बाहुबली’ का निर्देशक राजामौलीले ‘बाहुबली द बिगनिंग’ को लागि प्रभास् बन्दा पहिल्ये रितिक रोशन लाइ प्रस्ताव् गरेका गरेक थिये।