ऋचा को फरक प्रचार शैली

मनोरञ्जन
शेयर गर्नु होला

अहिले माइकिङ,पोस्टर–पम्प्लेट मात्र अब फिल्मको प्रचारका लागि काफी छैन।प्रचारको शैली पनि फेरिएको छ। डमरुको डण्डीबियो’ को ठ्याक लाउने च्यालेन्जलाई धेरैले राम्रो तारिफ गरे ।कोहलपुर एक्सप्रेस’ को पिज्जा डेलिभरी पनि मन पराए।यसले फिल्मको व्यापारमा पनि ठूलै सहयोग गर्‍यो।
ऋचा शर्मा अभिनीत तथा निर्मित हरर फिल्म ‘सुनकेसरी’ ले पनि नयाँ शैलीको प्रचारको सुरुवात गरेको छ
‘कोहलपुर एक्सप्रेस’ रिलिजताका दर्शकको घर-घरमा पिज्जा पुर्‍याउन हिँड्की ऋचाले यसपटक भने गाडी कुरेर बसेका यात्रुलाई निःशुल्क स्कुटीमा राखेर गन्तव्यसम्म पुर्‍याउने काम गरेकी छन् ।
यसका लागि उनले टूटलको साथ पायेकि छिन्।
ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो फिल्म निर्माण गरेकी हुन् ।
यस फिल्ममा ऋचाका अलावा भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मा, लॉरेन लॉफबर्गलगायतका कलाकारहरुको अभिनय छ ।
यस फिल्मका निर्देशक अर्पण थापा हुन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *