कम्युनिस्ट नेता ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टीले‘नेपाल कम्युनिस्ट पार्टी’ लाई कानुनविपरीत निर्वाचन आयोगले दर्ता गरेको भन्दै आपत्ति जनाएको छ ।
कट्टेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधान र राजनीतिक दलसम्बन्धी ऐनमा आयोगमा दर्ता कायम रहेको दलको नाम र चुनाव चिह्नसँग मिल्ने गरी अर्को दल दर्ता हुन नसक्ने प्रस्ट व्यवस्था छ,‘एुटै नाममा दुईवटा दर्ता गर्न मिल्दैन ।’
कानुन छल्न आयोगले एकीकृत पार्टीको नामको मुनि धर्सो तानेर दल दर्ताको निवेदन दिन लगाएको आरोपसमेत कट्टेलले लगाएका छन् ।
