कोच रिक्की पोन्टिङले आ इपीएलको सुरुवाती ११ खेलमा नेपालका युवा लेग स्पीनर सन्दिप लामिछानेलाई नखेलाउनुको कारण बताउँदै स्पष्टीकरण दिएका छन्।
मुम्बैइ इण्डियन् र दिल्ली डेयर डेभिल्स बिच भएको खेल सकिएसँगै आयोजित एक पत्रकार सम्मेलनमा उनले सो बारे स्पष्टीकरण दिएका हुन्।पोन्टिङले
सन्दिपको प्रशंसा गर्दै भनेका छन्– ‘सन्दिप निकै प्रताभावान खेलाडी हुन्, त्यो हामीलाई पहिल्यै थाहा थियो।तर ग्लेन म्याक्सवेलकागिसो रबडा रक्रिस मोरिसजस्ता अनुभवी खेलाडीलाई सुरुवाती खेलमै बाहिर राखेर सन्दिपलाई मैदानमा खेलाउनु निकै गाह्रो परेको थियो।’
यस्तै पत्रकार सम्मेलनमा कोच पोन्टिङले आ इपीएलमा अब सन्दिपको लामो एंव सफल करियर होस् भन्ने आश गरेको बताए। डेयर डेभिल्सले सन्दिप लाई आ इपीएल को सुरुवाती ११ खेलसम्म मैदान बाहिर नै राखेको थियो। अघिल्लो दुई म्याचमा उनले एक–एक विकेट लिएका थिए ।मुम्बैइ इण्डियन्स् को हिजोको खेलमा सन्दिपले आफ्नो जादु चलाउँदै तीन विकेट लिन सफल भएका थिए।