‘म पार्टीको महाधिवेशनबाट वरिष्ठ नेता चयन भएको हो । अहिले म नभएको मौका पारेर मलाई सोध्दा पनि नसोधी वरीयता तलमाथि गरिएको छ, यसमा मेरो आपत्ति छ,’नेता खनालले भने,तत्कालीन एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो अनुपस्थितिमा पार्टीभित्रको वरीयता तलमाथि पारिएको भन्दै आपत्ति जनाएका छन् ।
एकता प्रक्रियाबाट बनेको नेकपाको वरीयतामा दुई अध्यक्षपछि माधव नेपाललाई राखिएको छ ।कुनै ठोस छलफलबिना टुंग्याइेकाले आफूलाई चित्त नबुझेको बताए ।खनालले भने,‘मलाई बाइपास गरेर जुन निर्णय भयो, यो कार्यशैलीचाहिँ ठीक भएन ।’एकता प्रक्रियाका कतिपय निर्णय र छलफल पारदर्शी नभएको उल्लेख गर्दै उनले यो विषयमा अन्य नेताहरूको पनि मन दुखेको बताए ।
‘पार्टीका गतिविधि पारदर्शी हुनुपर्छ, अनि मात्र राम्ररी चल्न सक्छ, यो विषयमा सबै नेताहरूले उत्तिकै गम्भीरता देखाउनुपर्छ,’ खनालले भने