कांग्रेस नेता एवं पूर्व अर्थमन्त्री समेत रहेका रामशरण महतले प्रधानमन्त्रीले दश बर्षमा मुलुक स्वर्ग हुन्छ भनेजस्तै शैलीमा नीति तथा कार्यक्रम ल्याइेको बताए।
‘नीति तथा कार्यक्रम एुटा डिरेक्सन हो।तर यसले कार्यान्वयन गर्न सक्ने विश्वसनिय आधार देखाएको छैन’ महतले भने,‘अनुशासन, निष्पक्षताको ग्यारेन्टी र काम गर्ने सस्कृतीमा सुधार नल्याएसम्म नीति तथा कार्यक्रम अनुरुप विकास सम्भव देखिन्न।’ उनले कर्मचारी प्रशासनमा गरीरहेको सरुवा आतंकले निष्पक्षताकोग्यारेन्टी दिन नसक्ने बताए।
‘सरकारको काम गर्न्तौरतरिका र अुनशासन हिनताका कारण कार्यन्वयनमा धेरै शंका छ’ महत थपे,‘कार्यान्वयनमै शंका छ। नीति तथा ठोस कार्यक्रम बजेटमा कसरी रुपान्तरण हुन्छ त्यसमा पनि भर पर्छ।महत् ले भने सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण जस्तै अविश्वनिय रहेको बताएको छ।