आ ईपीएलमा सन्दीपले दिल्ली डेयरडेभिल्सबाट पछिल्लो तीन खेल खेल्दै बलियो प्रभाव देखाए सगैसन्दीपलाई ठुलो फ्रेन्चाइज प्रतियोगिताहरुमा खेल्नलाई ढोका खोलिदिएको छ।
उनले आइतबार ३ विकेट लिएपछि दिल्लीले मुम्बैइलाई पराजित गर्दै सिजन टुंगाएको थियो। सन्दीपले खेलेको ३ मध्येको दुई खेलमा विजय हात पारे पनि दिल्ली अंक तालिकाको पुछारमा रह्यो । उनले ३ खेलमा ५ विकेट लिए ।सन्दीपको आ ईपीएल यात्राको सुरुआत अस्ट्रेलियाबाटै भएको थियो ।
सन्दीप लामिछाने करिब एक वर्ष पहिले माइकल क्लार्कको निम्तोमा अौँदा यहाँको वेष्टर्न सबर्ब क्रिकेट टिमबाट खेल्ने अवसर पाएका थिए । आ ईपीएलमा देखाएको उत्कृष्ट प्रदर्शनले उनको अष्ट्रेलियाली लिगमा अौने सम्भावना प्रसस्त भएको यहाँको नेपालीहरुको विश्वास छ ।
बिग बास लिग अष्ट्रेलियाका विभिन्न राज्यहरुमा रहेका क्रिकेटका आठ टोलीहरुबिच हुने लाखौं डलरको वार्षिक प्रतियोगिता हो । बिग बास लिगमा विदेशी खेलाडीहरु खेलिरहेका छन् ।