प्रधानमन्त्रीको चीन भ्रमण तयारी

समाचार
शेयर गर्नु होला

काठमाडौँ —प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बजेटपछि प्रधानमन्त्रीको चीन भ्रमण कार्यक्रमको प्रक्रिया अघि बढ्ने बताउँदै भने, ‘हामीले निकै छोटो वर्किङ भिजिट गर्ने हो । यसमा पुराना सहमति र सम्झौता कार्यान्वयनमै जोड दीनेछ ।’
प्रधानमन्त्री केपी ओलीको आगामी चीन भ्रमणको ‘एजेन्डा’ बारे प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले संयुक्त रूपमा अन्तरमन्त्रालय छलफल अघि बढाएका छन् ।
उनीहरूले बेइजिङस्थित नेपाली दूतावास र काठमाडौंस्थित चिनियाँ दूतावाससँग समेत समन्वय गर्दै पुराना सहमति र सम्झौता कार्यावन्यनको खाका अघि बढाएका हुन् । ओली असार पहिलो साता चीन जाँदैछन् ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालले भने, ‘चिनियाँ राष्ट्रपति सी चिनफिङको व्यस्तता र प्रधानमन्त्रीको आन्तरिक कार्यतालिकालाई ध्यान दिएर नै तिथि तय हुनेछ ।’ ‘अहिले भ्रमणका विषयवस्तुबारे छलफल भैरहेको छ । प्रधानमन्त्री आफैंले एक महिनापछि भ्रमण हुने भनेर संसदमै भनिसक्नुभएको अवस्थामा तिथिका विषयमा बहस आवश्यक छैन,’यो विषयमा कूटनीतिक च्यानलबाट छलफल भैरहेको डा। अर्यालले बताए । ओलीको आगामी चीन भ्रमणमा चिनियाँ नाका नजिक सुक्खा बन्दरगाह निर्माणको विषयले प्राथमिकता पाउनेछ यस्तै, तातोपानीमा निर्माणाधीन बन्दरगाहलाई ठूलो बनाउने र रसुवागढीको टिमुरे तथा कोरला जोड्ने नाकामा बन्दरगाह निर्माणका लागि नेपालले प्रस्ताव गर्नेछ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *