दिशाले केही दिनाघि मात्र अलि अब्बास जफरको निर्देशनमा बन्न लागेको फिल्म ‘भारत’मा सलमान खान र प्रियंका चोपडासँगै फिल्म साइन गरेकी थीन् । यो खबरसँगै दिशालाई यतिबेला रोहित धवनले निर्देशन गर्ने फिल्मका लागि पनि प्रस्ताव गरिएको चर्चा छ । फिल्मका लागि ऋतिक रोशन पहिले नै तय भएको निर्माण टिमले जनाएको छ।
फिल्मलाई साजिद नाडियावालाले निर्माण गर्न लागेका फिल्मको सुटिङ सन् २०१९मा सुरु हुने समाचारमा उल्लेख गरिएको छ
धोनीको जीवनीमा बनेको ‘एम।ेस। धोनी’ दिशाको बलिउडमा डेब्यु फिल्म थियो जहाँ उनले धोनी बनेका सुशान्तसिंह राजपुतसँग रोमान्स गरेकी थीन् ।
प्रेमी टाइगर श्राफसँग जोडी बाँधेको ‘बागी २’ले बक्स अफिसमा पैसा बर्सायो । योसँगै टाइगर, खान र ऋतिक रोशनपछि भरपर्दा स्टारको रुपमा अगाडि आए भने उहीँ दिशाले पनि एकपछि अर्को ठूला ब्यानरका फिल्म हात पारिरहेकी छिन्।
