मेस्सीले पाँचौं पटक जिते ‘गोल्डेन शु’ पुरस्कार

खेलकुद
शेयर गर्नु होला

स्पेन– बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले पाँचौ पटक युरोपियन ‘गोल्डेन शु’ पुरस्कार हात पारेका छन्। बार्सिलोनाले स्पेनिस लिगान्तर्गत अैतबार रातिको खेलमा रियल सोसिडाडलाई १–० ले हराएपछि मेस्सीलाई पाँचौ पटक ‘गोल्डेन शु’ पुरस्कार प्रदान गरिएको हो।
मेस्सीसँगै यो पुरस्कारको दौडमा लिभरपुलका मोहम्मद सलाह र टोटेनहम हटस्परका हैरी काने पनि थिए। सलाहको ३२ गोलबाट ६४ अंक थियो भने हैरीको ३० गोलबाट ६० अंक। अंकका आधारमा दीने यो पुरस्कारमा मेस्सीले सबैभन्दा बढी अंकसहित पाँचौ पटक बाजी मारे।
मेस्सीले २०१७–०१८ को स्पेनिस लिगमा ३४ गोल गर्दै ६८ अंक हासिल गरेका छन्।मेस्सी एकमात्र यस्ता खेलाडी हुन जसले ५ पटक ‘गोल्डेन शु’ पुरस्कार जिते।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *