सगरमाथा शिखरमा एकैदिन चार दर्जन आरोही

समाचार
शेयर गर्नु होला

काठमाडौं – ‘विभिन्न आरोहण दलमा आबद्ध २१ नेपाली र १८ विदेशी आरोहीले साधारण रुट (दक्षिण–पूर्वी मोहोडा) बाट सगरमाथाको सफल आरोहण गरेका छन्,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका आरोहण सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले आधारशिविरबाट सोमबार भने, ‘३९ आरोही शिखर पुगेको जानकारी आएको छ र त्यसभन्दा बढी शिखर पुगे पनि विस्तृत विवरण अैसकेको छैन ।अनुकूल मौसमको फाइदा उठाउँदै सोमबार एकै दिन स्वदेश तथा विदेशका करिब चार दर्जन आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आधारशिविरदेखि चौथो क्याम्पसम्म उपयुक्त मौसम कुरिरहेका सयौं आरोहीमध्ये सोमबार बिहान ५ बजेदेखि ११ बजेभित्र ती आरोही शिखर पुगेका हुन्।
सामान्यतयाः जेठ पहिलो साताबाट दोस्रो साताभित्र अधिकांश आरोही शिखर पुग्ने गर्छन् । उनीहरू चैत दोस्रो सातादेखि सगरमाथातर्फ जाने गर्छन् । त्यसपछि आधारशिविर पुगेर झन्डै एक महिनासम्म त्यहीँ बसेर त्यहाँको वातावरणसँग आफूलाई घुलमिल (एक्लिमेटाइज) गराउँछन् । आधारशिविरबाट पहिलो क्याम्प, दोस्रो क्याम्प जाने र फर्केर आधारशिविर् अाउनेजाने गरिरहन्छन् । अनुमति पाएको ७५ दिनभित्र सगरमाथा आरोहण गरिसक्नुपर्ने सरकारी नियम छ।
पर्यटन विभागका अनुसार यसपालि वसन्त ऋतुमा विभिन्न देशबाट अैपुगेका ३ सय ४६ आरोही र तिनका नेपाली आरोहण सहयोगी करिब साढे ५ सयजना सगरमाथा गएका थिए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *