काठमाडौँ । निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज पुनः ४।३१ अंकले घटेर नेप्से परिसूचक एक हजार ३३२।८२ बिन्दुमा पुगेको छ।
स्टकका अनुसार आज तीन उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर बढेको छ। होटल २।९३, उत्पादन ५।८५ र माइक्रोफाइनान्स समूहको शेयर ५।७५ बिन्दुले बढेको छ। यस्तै बैंकिङ ४।१४, विकास बैंक ७।२, जलविद्युत् ३।९३, फाइनान्स १।५६, बीमा २४।४५ तथा अन्य समूह ५।३५ बिन्दुले घटेको छ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार ‘क’ वर्गका शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत एक अंकले घटेको छ। कूल १६० कम्पनीको १० लाख ४७ हजार ८४३ कित्ता शेयर रु ५३ करोड ८६ लाख नौ हजार ३८९ मूल्यमा खरिद बिक्री भएको छ।रासस
