समाजवाद र प्रगतिशीलबजेट ल्याउँछौँ : प्रधानमन्त्री ओली

समाचार
शेयर गर्नु होला

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रगतिशील र समाजवाद उन्मुख बजेट ल्याउने बताएका छन्।

प्रधानमन्त्री ओलीलेपरम्परागत ढंगले विकास निर्माणका काम अघि बढाउँदा लक्ष्यमा पुग्न नसकिने बताउँदै त्यसका लागि विकासको नयाँ प्रविधि प्रयोग गर्नै पर्ने स्पष्ट पारे।

ओलीले नीति तथा कार्यक्रममा छुटेका महत्वपूर्ण विषयलाई बजेटमा सम्बोधन गरिने उल्लेख गरे।प्रधानमन्त्री ओलीले भने, “हामीसँग बहुमत प्राप्त सरकार छ। त्यसकारण जनताका अपेक्षा पनि धेरै छन्। ती अपेक्षा पूरा गर्न सकिएन भने जनताले अर्को चुनावमा अप्रिय निर्णय गर्न सक्छन्। प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम प्रभावकारी ढंगले आएको स्पष्ट पारे।”

प्रधानमन्त्री ओलीले अहिले बहुमत प्राप्त कम्युनिष्ट सरकार भएकाले यसलाई कुनै बहानामा पनि उम्किने छुट नभएकामा जोड दिए।

प्रधानमन्त्री ओलीले आफ्नो विज्ञता भएका विषयमा सांसदमा कुरा राख्न सांसदहरुलाई निर्देशन दिए। प्रधानमन्त्री ओलीले सांसदहरुलाई निर्देशन दिँदै भने, “अध्ययन गर्ने बानी बसाउनुहोस् । नजानेका कुरा सिक्नुहोस् । तर्क र क्षमता बढाउनुहोस् । आवेशमा आएर नबोल्नुहोस् । जनमतको कदर गर्ने बानी बसाउनुहोस्।”


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *