अ मेरिका द्वारा इरानमा कडा प्रतिबन्धको घोषणा

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

वासिङ्टन। अंेरिकाले इरानमाथि पुराना प्रतिबन्धहरु पुनः दोहा¥याउने भएको छ। इरानमाथि अंेरिकाले सन् २०१५ मा भएको आणविक सम्झौतापछि ती प्रतिबन्धहरु फुकुवा गरेको थियो।

तर हालै अंेरिकाले इरानसँगको उक्त पारमाणविक सम्झौता रद्द गरेको छ। त्यसपछि भने अंेरिकाले ती पुराना प्रतिबन्धहरु पुनः लगाउने भएको बताइेको हो।
अंेरिकाको हालैको उक्त कदम अन्तर्गत इरानी सत्तामाथि नयाँ खालको र एक शक्तिशाली आर्थिक दबाब पनि सिर्जना गर्न सकिने विदेशमन्त्री पोम्पेओले बताएका छन्।

अंेरिकाको यस कदमको युरोपेली संघ तथा सन् २०१५ मा इरानसँग पारमाणविक सम्झौता गरेका विश्वका केही शक्ति राष्ट्रहरुले पनि विरोध गरेका छन्।
युरोपेली युनियनको विदेश नीति प्रमुख फेडेरिका मोगेरिनीलेभनेका छन्– इरानसँगको सन् २०१५ को पारमाणविक सम्झौताबाट अंेरिका मात्र एक्लै बाहिरिँदा मध्यपूर्वको सुरक्षाको बारेमा पनि सोच्नुपर्नेमा त्यसो हुन नसकेकोले यसबारे सोच्नुपर्दछ।

यसैबीच इरानमाथि अंेरिकाले घोषणा गरेको नयाँ प्रतिबन्धको इरानले कडा शब्दमा विरोध गरेको छ।

इरानका राष्ट्रपति हसन रूहानीले इरान र विश्वका लागि पनि अंेरिकाको कदम घातक हो भनेका छन्। उनले अंेरिकाले लगाएको कडा प्रतिबन्ध अन्तर्‍ाष्ट्रिय कानुन बिपरीत भएको पनि बताए। रासस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *