धनगढी — प्रदेश ७ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलेजनगुनासो सुनुवाइ तथा सुशासन कायम गर्ने उद्देश्यलेसोमबार ‘हेलो सीएम’ कार्यक्रम सुरु गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले कार्यक्रमको उद्घाटन गरे ।
सर्वसाधारणको गुनासो, अभिव्यक्ति, पीरमर्कालाई सोझै प्रदेशसरकारसम्म पुर्याउन ‘हेलो सीएम’ कार्यक्रम सुरु गरेको मुख्यमन्त्री भट्टले बताए ।
जनताको कामको प्रभावकारिता बढाउन चौबीसै घण्टा खुला रहने गरी प्रदेश सरकारले पैसा नलाग्ने टोल फ्रि नम्बर १६६०–९१५२७२३ तथा फ्याक्स नं। ०९१–५२५५७२ दिएको छ ।
‘थुप्रै कठिनाई तथा बाध्यताकाबीच जनतालाई प्रदेश सरकारले सरकारको अनुभूति गराउनैपर्छ,’ मुख्यमन्त्री भट्टले भने ।
संघीय संरचनाअनुरूप प्रदेशसभा तथा प्रदेश सरकार गठन भएपछि जनताका अपेक्षाहरू ह्वात्तै बढेका थिए । सरकार गठन भएको सय दिन पुग्नै लाग्दा प्रदेश सरकारप्रति जनताको आकर्षण सुरुमा जस्तो कायम देखिँदैन्