काठमाडौं – कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बिहान विज्ञसहितको संसदीय दल बैठकले नीति र कार्यक्रम पार्टीको घोषणापत्रजस्तो घोषणाको पुलिन्दामात्र रहेको ठहर गरेको हो।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा नेपाली जनताको समृद्धिको चाहना प्राथमिकतामा नपरेको ठहर गरेको हो।
‘वर्ष दिनभित्र केके गर्ने प्रस्ट धारणा सरकारले ल्याउन सकेको छैन,’ प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनताद्वारा निर्वाचित संविधानसभाले संविधान निर्माण गरी तीनै तहको निर्वाचन सम्पन्न भैसकेको अवस्थामा जनताको समृद्धिको चाहना पूरा हुने प्राथमिकता नीति तथा कार्यक्रममा उल्लेख नभएको बैठकले ठहर गरेको छ।’
नीति तथा कार्यक्रमले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली जनताको घराअँगनमा सरकारको सेवा र सुविधा पु¥याउने सबैको प्रतिबद्धता र जनताको चाहनालाई बेवास्ता गरिएको कांग्रेसको भनाइ छ। ‘स्थानीय तथा प्रदेश सरकारलाई सशक्त बनाउने योजना दृढतापूर्वक ल्याइेको छैन,’ विज्ञप्तिमा भनिएको छ।
बैठकमा राष्ट्रिय योजना आयोगका पूर्वौपाध्यक्षहरू, पूर्वार्थमन्त्रीहरूले नीति तथा कार्यक्रमका सकारात्मक र नकारात्मक पक्षका विषयमा कांग्रेस सांसदलाई जानकारी गराएका थिए।