काठमाडौँ ।सुन तस्कर का नाइके भनिएका चुँडामणि उप्रेती ‘गोरे’ले आफुले विमानस्थलमा प्रहरी र एयरलाइन्सका कर्मचारीसँग सेटिङ मिलाएर सुन ल्याउने काम मात्रै गरेको बताएका छन्।
सुन तस्करी र सनम शाक्य हत्याका मुख्य नाइके भनिएका चुँडामणि उप्रेती ‘गोरे’ले बाहिर आए जस्तो आफू ठुलो सुन तस्कर नभएको बताएका छन्। मङ्गलवार सिअैबी टोलीले पक्राउ गरी सार्वजनिक गर्ने अघि लिएको बयानमा आफू भन्दा ठुलो सुन तस्कर अरू नै भएको गोरेले बताएका हुन् ।
छानबिन समितिसँगको बयानमा गोरेले आफू भन्दा पनि मुख्य मान्छे अरू नै रहेको बताएका छन्।गोरेका अनुसार एसएसपी खत्रीलाई पक्राउ गरे सुन तस्करीको माथिल्लो कनेक्सस खुल्ने बताएका छन्।
एसएसपी श्याम खत्रीलाईछानबिन समितिले वैशाख पहिलो साता बयानका लागि पत्र काटेको थियो । तर, बयानका लागि नगएका उनी फरार छ्न्