धरान– इटहरी २४ तरहरामा रहेको शिवगंगा जल उद्योगले उत्पादन गरेको जारको पानीमा किरा भेटिएको हो। धरानको वडा नं १८ का अध्यक्ष प्रविण राईले सोमबार पसलबाट किनेको जारको पानीमा किरा भेटिएको छ। ‘हाम्रो बुबा विदेशबाट अौनु भएको छ, उहाँले पो पानी पिउनु पर्यो भनेर गिलासमा थाप्न लाग्दा जारमा किरा देख्नुभएछ,’ अध्यक्ष राईले भने, पिउन योग्य पानी भन्दै बजारमा बिक्रीवितरण हुदै उपभोक्ताको घरमा पुगेको ‘फिल गुड’ नामक ब्राण्डको जारको पानीमा किरा भेटिएको हो। उद्योगले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको भन्दै वडाअध्यक्ष राईले मंगलबार इलाका प्रहरी कार्यालय धरानमा ठाडो निवेदन दिएका छन्। अध्यक्ष राईले निवेदन दिएपछि प्रहरीले धरानमा पानी बिक्री गरिरहेको शिवगंगा जल उद्योगको को १ च ९९ १८ नम्बरको पिकाप भेनलाई नियन्त्रणमा लिएको थियो। नेपालमा जथाभावीरुपमा पिउने पानी उत्पादनको स्वीकृति दिने निकायले कस्तो गुणस्तरको पानी उत्पादन गरिरहेको छ भनेर अनुगमन भने गर्दैन। त्यसैको परिणाम उपभोक्ताको स्वास्थ्यमा गम्भीरासरपर्ने पानी बजारमा खुलेआम बिक्रीवितरण भैरहेको छ।
