काठमाडौँ । एकतापछिको नेताहरूको व्यवस्थापनको विषयलाई लिएर असन्तुष्ट बन्दै आएका भीम रावलको संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको विधान मस्यौदा निर्माण गर्नकार्यदल गठन भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटरमा मंगलबार बसेको संसदीय दलको बैठकले पार्टी एकतापछि संसदीय दलको विधान बनाउन कार्यदल गठन भएको हो । कार्यदललाई १५ दिनभित्रमा विधानको मस्यौदा तयारी गरी बुझाउनुपर्ने समय दीएको छ ।
कार्यदलमा सांसदहरू देव गुरुङ, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, रामनारायण बिडारी र रेखा शर्मा सदस्य रहेको तत्कालीन एमाले संसदीय दलका प्रमुख सचेतक खगराज अधिकारीले बताए ।
रावल तत्कालिन एमाले उपाध्यक्षसमेत थिए । उनी एकतापछिको नेताहरूको व्यवस्थापनको विषयलाई लिएर असन्तुष्ट बन्दै आएका थिए ।