काठमाडौँ — सामान्य प्रशासन मन्त्री लालबाबू पण्डितको नाममा विराटनगरमा १ कठ्ठा जमिनमा ५ कोठे घर रहेको छ। श्रीमती विमला पण्डितको नाममा १० तोला सुन र १५ तोला चाँदी रहेको छ। मन्त्री पण्डितको नाममा एभरेष्ट बैंकमा २५ लाख नगद रहेको छ। सवारी साधन विवरणमा मन्त्री पण्डितले आफ्नो नाममा पुरानो एुटा साइकल रहेको विवरण उल्लेख गरेका छन्।
खानेपानी मन्त्री बिना मगरले आफ्नो नाममा केही पनि नरहेको देखाएकी छन्। उनको सम्पत्ति विवरणमा चितवनमा पति प्रकाश दाहालको नाममा २ कठ्ठा जमिन र एुटा स्कुटर रहेको उल्लेख छ।
यस्तैमहिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले म्याग्दीमा आमाबाट प्राप्त सात आना जग्गा र भूकम्पपीडित कोषबाट प्राप्त १५ हजार रुपैयाँ मौज्दात रहेको देखाएकी छन्।