काठमाडौँ — केही हप्तादेखि धापासीस्थित ग्राण्डी अन्तर्ाष्ट्रिय अस्पतालमा उपचारका लागि भर्ना गरिए पनि आन्तरिक रक्तश्राव नरोकिएपछि उनलाई सरकारी खर्चमा दिल्ली लगिएको छ।
ग्यास्ट्राइटीस र उच्च रक्तचापका कारण थला परेका राष्ट्रकविको दिशामा रगत देखिन थालेपछि उच्च सतर्कता अप्नाउँदै अस्पतालमा नै भर्ना गरेर राखिएको थियो ।
प्रम ओलीले नै नेपालमा उपचार सम्भव नभए विदेश लगेर भएपनि उपचार गरिने र त्यसको सबै खर्च सरकारले बेहोर्ने बताएका थिए ।
राष्ट्रकवि बिरामी भएर अस्पताल भर्ना गरिएको खबर सार्वजनिक भएपछि सोमबार साँझ प्रधानमन्त्री केपी ओली अस्पताल पुगेर उपचार बारे जानकारी लिँदै उनीसँग भेट गरेका थिए