मंगलबार पूर्णता पाएको नेकपाकाे केन्द्रीय समितिको पूर्ण बैठक आज (बिहीबार) बस्दै छ।
यही जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतामार्फत गठित नेकपाले पहिलाेपटक केन्द्रीय समितिकाे पूर्ण बैठक बाेलाएकाे हाे । समितिका सबै सदस्यहरूलारि अाफ्नाे नागरिकतासहित उपस्थित हुन निर्देशन गरिएकाे छ ।
बैठक आज दिउँसाे ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बाेलाइेकाे हाे ।
नेकपाकाे केन्द्रीय समितिमा ४ सय ४१ सदस्य र ६ जना स्थायी आमन्त्रित सदस्य रहेका छन्। जसमा पूर्व एमालेबाट २४१ तथा पूर्व माअाेवादीबाट २०० जना रहेका छन् ।