काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ७४५६ नम्बरको कर्णाली यातायातको बस दुर्घटनामा परेको छ।
नवलपुरको दुम्कीवास नजिक बिहीबार बिहान ओभरटेक गर्ने क्रममा बस दुर्घटना भएको छ । दुर्घटनामा ३२ जना घाइते भएका छन् ।
घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भरहेको जनाएको छ । घाइतेमध्ये चारको अवस्था गम्भीर छ ।