काठमाडाैं- सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच आज भेटवार्ता भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच आज भेटवार्ता भएको छ।
छलफलमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव बिष्णु पौडेल, नेता सुवासचन्द्र नेम्वाङ सहभागी भएका थिए।
प्रमुख प्रतिपक्षी दलकातर्फबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार र डा मीनेन्द्र रिजाल सहभागी थिए।
सो अवसरमा प्रधानमन्त्री ओलीले नियमावली बनाउने विषयमा सहमति गरेर अगाडि बढ्न प्रमुख प्रतिपक्षी दलका नेताहरुलाई आग्रह गरे।