काठमाडौँ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको १२ाँै स्थापना दिवस समारोहलाई आज यहाँ सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक स्थायित्व र स्थिरताका लागि जनताले कम्युनिष्टलाई स्थानीय, प्रदेश र केन्द्रमा समेत सुविधाजनक बहुमत हुने गरी मत दिएको र यसलाई खेर जान नदिने बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट अनुमोदित बहुमत प्राप्त वर्तमान सरकार आगामी पाँचवर्षसम्म सञ्चालन हुने र कसैले हल्लाएर नहल्लिने बताउनुभएको छ ।
“बहुदल अथवा गणतन्त्र स्थापनापछि पाँचवर्षसम्म कुनै सरकारले काम गर्न पाएनन्, जनताले सरकारको मूल्याँकन गर्न पाएनन्, अब यस्तो अवस्थाको सदा अन्त्य हुन्छ, सरकारले पाँचवर्ष जनमुखी काम गर्छ, यसपछिका निर्वाचनमा जनताले मूल्याँकन गर्छन्, सरकार अब खरो रुपमा आर्थिक समृद्धि र विकासमा उत्रन्छ,” उहाँले भन्नुभयो ।
“स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रले मात्र देशलाई समृद्धितर्फ डो¥याउँछ, यसका लागि हामीलाई विदेशी लगानी, सीप र प्रविधि पनि चाहिन्छ,” उहाँले भन्नुभयो ।