एबी डेभिलियर्सले लिए सन्यास क्रिकेट जगत अचम्भित्

खेलकुद
शेयर गर्नु होला

एजेन्सी : ‘म थाकेँ, तत्कालबाट नै म क्रिकेटका सबै फर्म्याटबाट सन्न्यास लिँदै छु।’
एबी डेभिलियर्स ले भन्दै अचानक सन्यासकाे घाेषणा गरेपछि सिंगाे क्रिकेट जगत नै चकित भएको छ ।
‘मिस्टर थ्री सिक्स्टी (३६०)’ को उपनामले समेत चर्चित डेभिलियर्सले बुधबार एुटा भिडियो म्यासेजमार्फत क्रिकेट जगतबाट सन्यास लिएको घोषणा गरेका छन् । सन्देशमा उनले भनेका छन्- ‘म थाकेँ, तत्कालबाट नै म क्रिकेटका सबै फर्म्याटबाट सन्न्यास लिँदै छु।’

भारत तथा अष्ट्रेलियासँगकाे खेलमा राम्राे प्रदर्शन गरेपछिकाे याे कठिन समय रहे पनि सन्यास लिने उपयुक्त बेला यही रहेकाे उनले बताएका छन् । अाफ्नाे उमेर पनि पुगिसकेकाे र अन्य धेरै युवालारि अवसर दिनुपर्ने मान्यता राखेरै अाफूले सन्यास लिएकाे उनले बताएका छन् ।

३४ वर्षे ब्याट्सम्यान डेभिलियर्सले ११४ टेष्ट, २२८ एक दिवसीय अन्तर्‍ाष्ट्रिय र ७८ टि-२० खेलहरु खेल्दै कुल २० हजार १४ रन बनाएका छन् ।

क्रिकेटका सुपरस्टार समेत मानिने दक्षिण अफ्रिकी राष्ट्र यी क्रिकेटरकाे वास्तविक नाम ‘अब्राहम बेन्जामिन (एबी) डेभिलियर्स’ हाे ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *