एजेन्सि: इण्डियन प्रिमियर लिग (अाईपीएल) अन्तरगत बुधबार राति भएकाे खेलमा कोलकाता नाइटराइडर्सले राजस्थान रोयल्सलाई २५ रनले हराए सगै कोलकाता क्वालिफायर-२ मा पुगेकाे छ ।
अाइपिएल क्रिकेटको फाइनलमा पुग्ने महत्वपूर्ण खुड्किलो मानिएकाे एमिनेटरमा राउन्डमा काेलकाताले जित पारेर फाइनलका लागि स्थान सुरक्षित गर्याे भने राजस्थान यसमा चुकेको छ । फाइनलमा पुग्न लागि अब कोलकाता को एक खेल खेल्न बाँकी छ ।
टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे कोलकाताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६९ रन बनाएको थियो । काेलकाताका लागि दिनेश कार्तिकले ५२ तथा आन्द्रे रसेलले नटाऔट ४९ रनकाे याेगदान दिए ।
१७० रनको विजय लक्ष्य पछ्याएको राजस्थानले भने निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १४४ रन मात्र बनाउन सक्यो ।रसेल ‘प्लेयर अफ दि म्याच’को घाेषित भए ।