मुम्बई – बलिउड अभिनेत्री करिना कपुर खान ले पत्रकारसँगको अन्तरसंवादमा आफू नारीवादी नभए पनि समानतामा विश्वास राख्ने गरेको बताइन्।
आफू अभिनित फिल्ममा तारिफयोग्य अभिनय गर्ने करिना हालका दिनमा आफ्नो अौन लागेको फिल्म ‘वीरे दी वेडिंग’को प्रमोसनमा व्यस्त छिन् ।
करिना कपुर खान ले भनिन म एक महिला हुँ र त्योभन्दा माथि म मानव हुँ,’उनले भनेकी छन्, ‘मलाई सैफ अली खानकी श्रीमतिको रुपमा चिन्दा पनि मलाई उत्तिकै गर्व लाग्छ । जति मलाई करिना कपुर भएर चिनिँदा छ ।
फिल्म ‘वीरे दी वेडिंग’को संगीत सार्वजनिक कार्यक्रममा सोनम कपुर, स्वरा भास्कर, शिखा तलसानिया निर्देशक शशांक घोष र निर्माता रिया कपुर तथा एकता कपूरसँग उपस्थित करिनालाई ‘फेमिनिज्म’को बारेमा पत्रकारले प्रश्न सोधेका थिए । ‘म समानतामा विश्वास राख्दछु । म यो भन्दिन कि म नारीवादी हुँ ।
फिल्म ‘वीरे दी वेडिंग’जुन १ मा रिलिज हुँदैछ । ’फिल्म ‘वीरे दी वेडिंग’ सहरी परिवेशमा बस्ने चार युवतीको कथामा आधारित छ ।