दमौली — तनहुँको घिरिङ गाउँपालिका-४ का वडा सदस्य शक्ति थापालाई बलात्कारको आरोप लागेको छ । गत शनिबार स्थानीय एक महिलालाई बलात्कारको आरोप उनीमाथि लागेको हो
पीडित महिलाले वडा सदस्य थापामाथि जिल्ला प्रहरी कार्यालय तनहुँमा करणी उद्योगमा मुद्दा दर्ता गरेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए ।
आरोपी वडा सदस्य थापाले भने आफूलाई नियोजित तरिकारले फसाउन खोजेको प्रतिक्रिया दिएका छन् ।
तर महिला को आरोप छ’बलात्कार गर्ने मनसायले यौनजन्य गतिविधि देखाए । चिच्याउँदा समेत बलात्कारको प्रयास छाडेनन् ।’