बालकृष्ण ढुंगेलको आम माफी सिफारिसविरुद्ध रिट

समाचार
शेयर गर्नु होला

काठमाडौँ — ज्यान मारेको अभियोगमा दोषी ठहर भैइ कारागारमा रहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

रिट निवेदनमा गम्भीर फौजदारी अभियोगमा दोषी ठहर भएका व्यक्तिलाई शक्ति र पहुँचका आधारमा जथाभावी रूपमा माफी मिनाहा दिनु गलत भएको उल्लेख छ । पक्राउ पर्नुभन्दा केही समयाघि आफू जोडिएको मुद्दाको फैसला गर्ने न्यायाधीशमाथि नै ज्यान मार्ने धम्की दिएको अवस्थामा कैद मिनाहा गर्ने निर्णयले समाज र पीडितलाई समेत खतरा पर्ने उल्लेख छ । फरार रहेकै अवस्थामा पक्राउ परेको, पक्राउ परेको छ महिनासमेत बितिनसकेको अवस्थामा ६० प्रतिशत कैद मिनाहा गर्ने तयारीले दण्डहीनता मौलाउने भन्दै सिफारिसविरुद्ध अन्तरिम आदेश जारी गर्न माग गरिएको छ ।

अधिवक्ता दिनेश त्रिपाठीले कैद मिनाहा गर्ने सिफारिसले मुलुकको फौजदारी न्याय प्रणालीको मर्ममाथि प्रहार गरेको भन्दै सर्वोच्चमा रिट निवेदन दिएका हुन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *