बीबीसी । आमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँग हुने भनिएको वार्ता रद्द गरेका छन्। अहिलेको समयमा वार्ता हुने उचित नभएको भन्दै बैठक रद्द गरेका हुन्।
ट्रम्पले उत्तर कोरियाका नेता किमलाई लेखेको पत्रमा कुनै दिन भेट गर्नका लागि आफू उत्सुक भएको बताए।
दक्षिण कोरिया र अंेरिकासँग राजनैतिक सम्बन्ध सुधार गर्न भन्दै आज नै उत्तर कोरियाले आफ्नो एक मात्र परमाणु परीक्षण सुरुङ ध्वस्त बनाएको थियो। उत्तर कोरियाले परमाणु परीक्षण सुरुङ ध्वस्त पारेको केही घण्टामै ट्रम्पले किमसँगको वार्ता रद्द गरेका हुन्।
यसाघि उत्तर कोरियाका नेता किम जोङ उनले अंेरिकासँगको वार्ता रद्द गर्न सक्ने धम्कीपूर्ण भाषण दिएका थिए।