जिल्ला अदालत मोरङमा जारी बयानका क्रममा साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य योजनाकार भनिएका चूडामणि उप्रेती (गोरे) ले हत्यामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । उनले सुन खोज्ने क्रममा कुटपिट गरेको भने स्वीकारेका छन् ।
बयानका क्रममा अदालतका अधिकारीहरूले जिल्ला न्यायाधिवक्ताको कार्यालयले प्रस्तुत गरेको अभियोगपत्र पढेर सुनाएका थिए।
सुन तस्करी, हराएको भनिएको सुन खोजीका क्रममा विभिन्न व्यक्तिलाई दीएको यातना, शाक्यको मृत्युलगायत विषयमा प्रश्न सोधिएको थियो।
गोरेले सुन हराएपछि खोजी गर्ने क्रममा शाक्यसहितका केही व्यक्तिलाई सोधपुछ र सामान्य कुटपिट गरेको तर हत्यामा आफ्नो संलग्नता नभएको बताए।
बिहीबार गोरेबाट लीएको बयान १० पानामा लिपिबद्ध गरिएको छ। यसाघि बुधबार ६ पाना बयान लीएको थियो।