मुम्बैइ । चर्चित अभिनेत्री श्रीदेवी र बोनी कपुरकी छोरी जाह्नवी कपुर चाँडै ठूलो पर्दामा देखिँदै छिन् ।
उनी अचेल आफ्नो अौँदै गरेको फिल्म ‘धडक’को सुटिङमा व्यस्त छिन् । यस फिल्ममा उनका साथ शाहिद कपुरका भाइ इशान खट्टर मुख्य भूमिकामा छन् ।
शाहरुखकी छोरी सुहाना चाँडै बलिउडमा डेब्यु गर्दै छिन् ।फिल्म निर्माताको अफिसदेखि उनको घरसम्म निर्माता अौने–जाने गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । सुहानाको बलिउडमा डेब्युबारे लामो समयदेखि चर्चा भैरहेको छ ।
सैफाअली खान र अंअृता सिंहकी छोरी सारा अली खान फिल्म ‘केदारनाथ’मार्फत बलिउडमा डेब्यु गर्ने तरखरमा छिन् । यस फिल्ममा साराका साथ सुशान्त सिंह राजपुत मुख्य भूमिकामा देखिनेछन् ।
अभिनेता चंकी पाण्डेकी छोरी अनन्या पाण्डे पनि फिल्म ‘स्टुडेन्ट अफ इयर–२’बाट चाँडै बलिउडमा डेब्यु गर्दै छिन् । हाल, यस फिल्मको सुटिङ सकिएको छ । सुपरहिट फिल्म ‘बागी–२’का स्टार टाइगर श्राफ र तारा सुतारिया पनि मुख्य भूमिकामा छन् ।