‘३३ प्रतिशत महिला महाधिवेशनपछि’: ओली

Uncategorized राजनीति
शेयर गर्नु होला

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले अन्तरिम व्यवस्था भएकाले एकीकृत पार्टीको कार्यसमितिमा ३३ प्रतिशत महिलाको संख्या नपुगेको बताएका छन् ।

दुई दल मिलेर बनेको सदस्यीय कार्यसमितिमा महिलाको संख्या ३३ प्रतिशत नपुगेको र यो राजनीतिक दलसम्बन्धी ऐनको समेत प्रतिकूल हुने भन्दै प्रश्न उठेपछि ओलीले बिहीबार केन्द्रीय समिति बैठकमा यसबारे स्पष्ट पारेका हुन् ।

एक तिहाइ हुनुपर्छ भन्ने हामीलाई थाहा नभएर वा कानुनको हेक्का नराखेर होइन,’ ओलीले भने, ‘दुई पार्टी मिलेकाले त्यस्तो भएको हो तर यो अन्तरिम व्यवस्था हो । हाम्रो अधिवेशन भएको छैन, अधिवेशनपछि सबै कुरा मिल्छ ।’

नेकपाको ४ सय ४१ सदस्यीय कार्यसमिति म हाल ७७ जना महिला छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *