काठमाडौं ः प्राणघातक निपा भाइरसबाट दक्षिण भारतमा मृत्यु हुनेको संख्या बढिरहेका बेला नेपाल पनि नेपाल–भारत सीमा खुला भएकाले निपा भाइरस यहाँ पनि फैलन सक्ने जोखिम बढेको हो।
उपचारमा खटिएकी एक जना नर्ससहित केरलमा हालसम्म १२ जनाको मृत्यु भैसकेको छ। चमेरो र बंगुरबाट सर्ने निपा भाइरस भारतको केरल राज्यमा देखा परेपछि यहाँ पनि जोखिम बढेको हो।
निपा भाइरस विशेषगरी चमेरोबाट सरेको पाइेको छ।
उनका अनुसार चमेराले खाएका फलफूलमा ¥याल मिसिन्छ र त्यस्ता फलफूल मानिसले खाएपछि निपा सर्ने जोखिम बढ्छ। चमेरोको वासस्थान, मलमूत्र त्यागेका ठाउँ निपा संक्रमित हुने र पानी, फलफूल लगायतबाट मानिसमा सर्ने जोखिम हुन्छ।
चमेरो र बंगुरबाट निपा मान्छेमा सर्छ। निपा संक्रमितले हाच्छ्यूँ गर्दा खोक्दा अरू मानिसमा सर्छ। मलेसिया, बंगलादेश हुँदै निपा भाइरसको संक्रमण दक्षिण भारतमा पुगेको हो।
निपा संक्रमणमा ज्वरो अाउने, बान्ता हुने, मस्तिष्कमा असर गर्ने, हातखुट्टा लुलो हुने र अन्त्यमा शिथिल भैइ बेहोस हुन सक्छ। अहिलेसम्म यसको उपचार गर्ने कुनै एन्टिबायोटिक्स वा भ्याक्सिन छैन, लाक्षणिक उपचार मात्र छ। अैइसीयूमा राखेर उपचार गर्नुपर्ने हुन्छ।
निपा संक्रमणमा ज्वरो अौने, बान्ता हुने, मस्तिष्कमा असर गर्ने, हातखुट्टा लुलो हुने र अन्त्यमा शिथिल भैइ बेहोस हुन सक्छ। अहिलेसम्म यसको उपचार गर्ने कुनै एन्टिबायोटिक्स वा भ्याक्सिन छैन, लाक्षणिक उपचार मात्र छ। अैइसीयूमा राखेर उपचार गर्नुपर्ने हुन्छ।