पूर्व एमालेका सांसद र कार्यकर्ता सुन काण्डमा मुछीए पूर्व एमालेका कार्यकर्ता पक्राउ

समाचार
शेयर गर्नु होला

काडमाडौँ । साढे ३३ किलो सुन तस्करी र सनम हत्याकाण्डमा पूर्व एमालेका कार्यकर्ता र सांसद मुछिन थालेका छन्

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’का सहयोगी मोरङ उर्लाबारीका ३८ वर्षीय रेवन्तकुमार आचार्यलाई प्रहरीले पक्राउ गरेको छ । उनी तत्कालीन नेकपा एमालेका कार्यकर्ता समेत रहेको जनाइेको छ।

गोरेले जिल्ला अदालत मोरङमा दिएको बयान अनुसार एमाले सांसद घनश्याम खतिवडाले गोरेबाट चुनावमा चन्दा लिएको खुलासा भएको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित खतिवडाले निर्वाचनको समयमा गोरेबाट दुरि लाख चन्दा लिएको खुलासा भएको हो ।

प्रहरीले गोरेको पैसा खतिवडालारि चन्दाको रूपमा बुझाउने पूर्व एमाले कार्यकर्ता रेवत आचार्य पक्राउ परिसकेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । आचार्यलाई जिल्लाबाट गएको प्रहरीको टोलीले साँझ साढे ९ बजे नियन्त्रणमा लिएको हो ।

गोरेको जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा तीन दिनदेखि बयान जारी छ। बयानका क्रममा आफूहरुको काममा अरु केहीले समेत सहयोग गरेको उनले बताए पनि नाम भने सार्वजनिक गरिएको छैन।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *