काठमाडौं । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गत ११ माघमा राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर मृगौला, क्यान्सर र स्पाइनल इन्जुरी भैइ प्यारालाईसिस भएका २९ जना विरामीलाई पाँच हजार रुपैयाँका दरले चेक उपलव्ध गराउँदै जीविकोपार्जन भत्ता वितरण शुरु भएको घोषणा अर्थ मन्त्रालयले आवश्यक बजेट उपलव्ध नगराएपछि चार महिना अघि शुरु भएको भत्ता वितरणको कार्यक्रम रोकिएको छ।
मृगौला, क्यान्सर र स्पाइनल इन्जुरी भैइ प्यारालाइसिस भएका बिरामीलाई दीने भनिएको मासिक ५ हजार भत्ता रोकिएको हो।
त्यतिवेला १२ जना क्यान्सर, ११ जना मृगौला र ६ जना स्पाइनल इन्जुरी पछि प्यारालाइसिस भएका विरामीलाई चेक वितरण गरिएको थियो ।