काठमाडाैँ । बालकृष्ण ढुंगेललाई आममाफी दिने बारेमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश दीपककुमार कार्कीको इजलासले १५ दिनभित्र लिखित कारण पेश गर्न भनेको छ । जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट ढुंगेललाई आममाफी दिने निर्णयबारे परेको रिट निवेदनमा सर्वोच्च अदालतले आदेश दिएको हो ।