काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालेशुक्रबार नेपाल सांस्कृतिक संघले पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै कम्युनिष्ट पार्टीहरुबीचको एकीकरणलाई अवसरको रुपमा लिनुपर्ने बताएका छन्।
सभापति देउवाले पाँच वर्ष भित्र पार्टीलाई विजयमा परिणत गर्नेगरी एकतावद्ध भएर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका छन्।
उनले दुई ठूला कम्युनिष्ट पार्टी मिलेका कारण निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेको तर्क दोहो¥याउदै पाँच वर्ष भित्र पार्टीलाई पुरानै अवस्थामा पु¥याउने योजना पनि अघि सारे।
सभापति देउवाले अन्तरघातले पनि पार्टीलाई कमजोर बनाएको भन्दै त्यस्ता नेता, कार्यकर्तालाई कार्वाही गर्ने चेतावनी पनि दिएका छन्।
सभापति देउवाले निर्वाचनमा भएको हारबाट नाअत्तिन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका छन्।