एजेन्सि : क्यानडाको टोरन्टोदेखि पश्चिममा रहेको मिसिसाउगा शहरी क्षेत्रमा रहेको रेष्टुरेण्टमा भएको विष्फोटमा परी घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको क्यानडाली अधिकारीले बताएका छन्।
टोरन्टो नजिकै रहेको एुटा भारतीय रेष्टुरेण्टमा बिहीबार राति गराइेको विष्फोटका कारण कम्तीमा १५ जना घाइते भएका क्यानडाको प्रहरीले जनाएको छ।
“हामीसँग घटना आतङ्कवादी आक्रमण वा वदलाको भावले गरिएको आपराधिक आक्रमण हो भन्ने जानकारी भैसकेको छैन,”बेट्रामलाई उद्धृत गर्दै क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसनले जनाएको छ।
प्राप्त सूचना अनुसार दुईजना नकावधारी पुरुष बम्बैइ भेल रेष्टुरेण्टमा प्रबेश गरी विष्फोटक पदार्थ राखेर भागेका, पिल क्षेत्रका सर्जेन्ट माट बेट्रामले बताए। विष्फोटक पदार्थ राखिएको केही समयमै विष्फोट भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उनले सञ्चारकर्मीलाई बताए।