सरकारको सय दिन विसंगतिको शृंखला, : कांग्रेस

समाचार
शेयर गर्नु होला

काठमाडौँ — कांग्रेसले सरकारको सय दिनको मूल्यांकनबारे शुक्रबार भिडियो विज्ञप्ति जारी गरेको छ। कांग्रेसले सरकारले पहिलो दिनबाटै विसंगतिको शृंखला सुरु गरेको बताएका छन् । सय दिनको कामलाई ‘सामान्य गति र र दर्जन विसंगति’ को संज्ञा दिएको छ ।

प्रदेश सरकारलाई अधिकार र बजेटबाट सशक्तीकरण गर्नुपर्नेमा उदासीन व्यवहार देखाएको,न्यायालयलाई प्रधानन्यायाधीश विहीन बनाइेको,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको समयमा प्रधानमन्त्री ओलीले आफ्नो उग्रराष्ट्र राष्ट्रवादको विसर्जन गरेको भन्दै शर्माले त्यसलाई विसंगतिका रूपमा लिएका छन् ।

संविधान संशोधनलाई राष्ट्रघात भन्ने प्रधानमन्त्री ओलीले अहिले त्यसैलाई स्वीकार गरेको भन्दै शर्माले प्रधानमन्त्रीको द्वैध मापदण्डको विरोध गरेका छन् ।

सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको,कर्मचारी प्रशासनको मनोबल गिराउने अभिव्यक्ति र व्यवहार देखाएका छन्,’ शर्माले भिडियो विज्ञप्तिमा भनेका छन्


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *