काठमाडाैं । मलेसियाले भिसा प्रक्रियाका नाममा एकपछि अर्को संयन्त्र खडा गर्दै गैरकानुनी ढंगले रकम असुल्न थालेकाे भन्दै सरकारले उसकाे नीति नसच्चिएसम्म तत्काल नेपाली कामदार लैजान नपाउने बनाएकाे छ। मलेसियाली कम्पनीमाथि श्रमिक छनोट गर्ने प्रक्रिया सुरु गर्ने पूर्व स्वीकृतिमा समेत रोक लगाइेको छ।
सरकारले मलेसिया जाने नेपाली कामदार लाई तत्कालका लागि सबै प्रक्रिया बन्द गर्दै नेपाली कामदारमाथि भार पार्ने नीति नसच्याएसम्म नेपाल सरकारले नयाँ कामदार नपठाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जानकारी दिए । मन्त्री विष्टले भने, ‘अबको सरकार रेमिट्यान्समा मात्रै भर पर्दैन, रेमिट्यान्सको लेखाजोख गरेर बस्दैन ।’नेपाली श्रमिकको रगत-पसिनामाथि खेलबाड गर्ने जाेसुकैलारि पनि अब सरकारले नछाड्ने बताउँदै मन्त्री विष्टले भने,
सरकारले विगतका सरकारजस्तै रेमिट्यान्सकाे अाशमा युवाशक्ति विदेश पलायन नगराउने भन्दै उनले आन्तरिक श्रम बजारको प्रवर्द्धन गर्ने र स्वदेशमै हुने कमाइबारे जनतालाई अवगत गराउने बताए ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री विष्टले श्रम मन्त्रालय सबै श्रमिकहरुको ‘अभिभावक’ भएकाले संरक्षण गर्ने दायित्व मन्त्रालयकै रहेकाे उनकाे भनाइ थियाे ।