२८ सहसचिवको सरुवा,१२ को पदस्थापन

समाचार
शेयर गर्नु होला

काठमाडौं। सरकारले २८ जना सहसचिवको सरुवा गरेको छ। १६ सहसचिवको सरुवा तथा बढुवा भएका १२ जनाको पदस्थापना गरिएको छ।
सरुवा भएका अधिकांश सहसचिवलाई स्थानीय तहमा पठाइेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव शिवलाल तिवारीलाई प्रदेश नम्बर ३ को प्रदेश प्रमुखको कार्यालय पठाइेको छ। सोही मन्त्रालयका शेषनारायण पौडेललाई कास्की पोखरा महानगरपालिकाको कार्यालयमा पठाइेको छ।
चक्रपाणि पाण्डेलाई दाङ घोराही उपनपा कार्यालयमा सरुवा गरिएको छ। मन्त्रालयका सुमन घिमिरेलाई धरान उपमहानगरपालिका कार्यालय सुनसरीमा, तोयनारायण सुवेदीलाई नेपालगन्ज उपमहानगरपालिका कार्यालयमा, शिवकुमार कार्कीलाई जितपुर सिमरा उपमहानगरपालिका कार्यालय बारामा तथा छविलाल रिजाललाई इटहरी उपमहानगरपालिक कार्यालयमा सरुवा गरिएको छ। त्यसैगरी ज्ञानराज सुवेदीलाई प्रदेश १ को सामान्य विकास मन्त्रालयमा पठाइेको छ। त्यस्तै पुष्पराज शाहीलाई हेटौंडा उपमहानगरपालिका कार्यालयमा, उमेश ढुंगानालाई जनकपुर उपमहानगरपालिका कार्यालयमा, हुमकला पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, भीष्मकुमार भुसाललाई वीरगन्ज महानगरपालिका पर्सामा सरुवा गरिएको छ। यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोपीकृष्ण खनाललाई प्राकृतिक स्रोत तथा वृत्त आयोगमा, राष्ट्रिय योजना आयोगका तुलसीप्रसाद गौतमलाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकी आभा श्रेष्ठलाई संघीय मामिलाको अतिरिक्त समूहमा खटाइेको हो। सामाजिक विकास मन्त्रालय प्रदेश १ विराटनगरका बासुदेव शर्मालाई सोही प्रदेशको मुख्य मन्त्रीको कार्यालय खटाइेको हो। संघीय मामिलाका रामकृष्ण सापकोटालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाइेको छ।

वन तथा वातावरण मन्त्रालयका धिरेन्द्रकुमार प्रधानलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय सुर्खेत खटाइेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका रूपनारायण भट्टराईलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा खटाइेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका शंकर अर्याललाई संघीय मामिलाको अतिरिक्त समूहमा खटाइेको हो भने उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णालीका विद्यानाथ झालाई मुख्यमन्त्री कार्यालय कर्णाली प्रदेशमा खटाइेको छ। वन तथा वातावरण मन्त्रालयका धिरेन्द्रकुमार प्रधानलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय सुर्खेत खटाइेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका जानकी वल्लभलाई लोकसेवा आयोग, संघीय मामिला अतिरिक्त समूहका भुपाल बराललाई सामान्य प्रशासन मन्त्रालय नै राखिएको छ। संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका दिनेश भट्टराईलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइेको छ भने संघीयका सनत केसीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पठाइेको छ। संघीयकै आनन्दराम केसीलाई संचार तथा सूचना प्रविधि मन्त्रालयमा खटाइेको छ। साथै, संघीय मामिला अतिरिक्त समूहका नीता पोखरेल अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका पठाइेको छ भने संघीयका शिवराम न्यौपानेलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइेको छ।

शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *