डडेल्धुरा। काठमाडौंबाट डडेल्धुराको लागि छुटेको यात्रुवाहक बसमा गुडिरहेकै अवस्थामा आगो लागेको छ।
शुक्रबार कोहलपुरको बासगढी नजिकै उग्रतारा यातायातको बा ४ ख ८४९२ नम्बरको बसमा गुडिरहेकै अवस्थामा आगो लागेको हो।
यात्रुहरुका समानहरु जलेका छन् भने दमकल समयमा अारिनपुग्दा गाडी पूर्णरुपमा जलेको बताएको छ ।
ओभरट्याक गर्ने क्रममा बसको अगाडिको चक्कामा लागेको आगो फैलँदा बस पूर्ण रुपमा जलेको छ भने यात्रुहरू सकुशल छन् ।