पाल्पा : पाल्पाको रामपुरमा बाल्टीको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । रामपुर नगरपालिका –४ खोप्टारका वर्ष ३ वर्षीय सबिन थापाको पानी भरिएको बाल्टीमा डुवेर शनिवार बिहान ७ बजे मृत्यु भएको हो ।
बालकको शव अहिले रामपुर अस्पतालमा राखिएको छ । घटनाको विषयमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायव उपरीक्षक एेनबहादुर थापाले जानकारी दिए ।