मधुमेह

स्वास्थ्य
शेयर गर्नु होला

मानिसको शरीरमा हुने विभिन्न रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगलाई मधुमेह भनिन्छ । बोलचालको भाषामा यसलाई सुगर भनिन्छ ।समयमै उपचार नगरे यसले जटिलता उत्पन्न गराउनसक्छ । अन्तर्‍ाष्ट्रिय मधुमेह संगठनका अनुसार विश्वभर मधुमेह रोगका कारण लाखौ मानिस को मृत्यु भएरेहेको छ। संयुक्त राष्ट्र संघले सन् २००७ देखि आधिकारिक रूपमा १४ नोभेम्बरका दिन विश्वभर मधुमेह दिवस मनाउन थालेको छ ।

मधुमेह कसरी थाहा पाउने ?

: घाउ–खटिरा अाउने तर समयमा निको नहुने ।

: तौल घट्ने तथा धेरै पटक पिसाब लाग्ने ।

: गुप्ताङ्ग चिलाउने ।

: धेरै तिर्खा तथा भोक लाग्ने एवं मुख सुख्खा हुने ।

:हातखुट्टा झमझमाउने, कमिला हिँडेजस्तो महसुस हुने ।

: ५० प्रशितलाई भने कुनै लक्षण नै देखा नपरी मधुमेह हुनसक्छ

 

नियन्त्रण कसरी ?

: रेसा भएका खानेकुरा प्रशस्त खानुपर्छ ।

:सन्तुलित खाना, नियमित व्यायाम र उचित औषधि तथा इन्सुलिनको प्रयोगले मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ ।

: कार्बोहाइड्रेडयुक्त खाना जस्तो भात, आलु आदि कम खानुपर्छ ।

:ताजा सागपात एवं फलफूल खाने ।

: नुन कम अनि झोल तथा सुप बढी खानुपर्छ ।

: अण्डाको सेतो भाग तथा माछा खानुपर्छ ।

: रातो मासु धेरै नखाने, चिल्लो बोसो नभएको मासु खाने ।

: मधुमेहबाट जोगिन पौष्टिक आहार खानुपर्छ ।

: चिनी कम भएको चिया तथा कफी कम मात्रामा सेवन गर्नुपर्छ ।

मधुमेहबाट जोगिन

: नियमित उपचार गराउनुपर्छ ।

: तनाव लिनुहुँदैन ।

: उचाइअनुसार तौल मेन्टेन गर्नुपर्छ ।

: धूमपान गर्नुहुँदैन ।

: नवजात शिशुलाई दुई वर्षको उमेरसम्म स्तनपान गराउनुपर्छ ।

: रक्तचाप नियन्त्रणमा राख्नुपर्छ साथै खुट्टाको पनि हेरविचार गर्नुपर्छ ।

: टाइप वान मधुमेहलाई इन्सुलिनको आवश्यकता पर्छ भने टाइप टुका लागि औषधिका साथमा इन्सुलिन दिनुपर्ने वा नदिनुपर्ने हुनसक्छ ।

: प्रशस्त मात्रामा सागपात, फलफूल र रेसा भएका खानेकुरा खानुपर्छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *